ताजा समाचार

आईपीएल: लखनउले हैदरावादलाई ५ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग प्रतियोगितामा लखनउ सुपरजायन्ट्सले हैदरावादलाई पराजित गरेको छ । केएल राहुलको कप्तानीमा रहेको टोली लखनउले हैदरावादलाई ५ विकेटले पराजित गरेको हो । जितपछि लखनउ अंक तालिकाको पहिलो नम्बरमा पुगेको छ । टोलीको तीन खेलपछि ४ अङ्क छ । लखनउको इकाना क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो । लखनउले १६ ओभरमा ५ विकेट गुमाएर १२२ रनको लक्ष्य पुरा गरेको थियो ।

लखनउको जितका लागि कृणाल पाण्ड्याले दोहोरो प्रदर्शन गरे । पाण्ड्याले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । उनले बलिङमा हैदरावादको टप अर्डरको कमर तोडे भने कप्तान केएल राहुलले जिम्मेवारीपूर्ण इनिङ्स खेलेर टिमलाई जित दिलाए । राहुल ओपन गर्न आए र कठिन पिचमा आफ्नो संयम कायम राखे । उनले ३१ बलमा ३५ रन बनाए । लखनउका स्पिनर अमित मिश्रा र रवि बिश्नोईले पनि उत्कृष्ट बलिङ गरे। अमितले चार ओभरमा २३ रनमा २ विकेट लिए भने रवि बिश्नोईले चार ओभरमा सबैभन्दा कम १६ रन खर्चेर एक विकेट पनि लिए ।

आईपीएलको यो दशौं खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई जितका लागि १ सय २२ रनको लक्ष्य दिएको थियो । हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । त्यस्तै अनमोलप्रित सिंहले ३१ रन बनाए भने अब्दुल समद अन्तिम ओभरमा १० बलमा २१ रन बनाएर अपराजित रहे । सनराइजर्स हैदरावादले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपनि कुणाल पाण्ड्या र अमित मिश्राको स्पिन बलिङका अगाडि ब्याट्सम्यानहरु टिक्न सकेनन् ।

लखनउको अटल बिहारी वाजपेयी स्टेडियममा लखनऊ सुपर जाइन्ट्स र सनराइजर्स हैदरावादबीचको खेल यो रंगशालामा आईपीएलको पहिलो खेल थियो भने यो सिजनमा लखनऊ सुपर जायन्ट्सको तेस्रो खेल थियो । पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको लखनउ दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग १२ रनले पराजित भएको थियो । अर्कातर्फ, सनराइजर्स हैदरावादका लागि यो सिजनको दोस्रो खेल थियो ।

सनराइजर्स हैदरावाद आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो । लखनउको टिमको कमाण्ड लोकेश राहुलका लागि हातमा थियो भने हैदरावाद पहिलो पटक एडेन मार्करामको कप्तानीमा मैदानमा ओर्लिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org