ताजा समाचार

आईपीएल: बेङलोरविरुद्ध लखनउको एक विकेटको रोमान्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई हराउँदै एक विकेटको रोमाञ्चक जित निकालेको छ ।चार खेलमा तीन जितका साथ लखनउ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो ।

एक सय २३ रनमा तीन विकेट गुमाएको लखनउका लागि मार्कुस स्टोइनिसले सर्वाधिक ६५ रन र निकोलस पुरनले ६२ रन बनाए । रोयल च्यालेन्जर्स बेङ्लोरका मोहम्मद शिराज र वेन पार्नेलले समान ३र३ विकेट लिए । हर्षल पटेलले २ विकेट लिए । त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको बेङ्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । बेङ्लोरका कप्तान फाफ डु प्लेसिस सर्वाधिक ७९ रनमा अविजित रहे ।

विराट कोहली ६१ र ग्लेन म्याक्सवेल ५९ रनमा आउट भए । लखनउका अमित मिश्रा र मार्क वुडले एकरएक विकेट लिए । बेङ्लोर तीन खेलमा २ अंकका साथ सातौँ स्थानमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org