रोकिएका सडक निर्माण अघि बढाउन माग
काठमाडौं । ठेक्का प्रक्रिया सुरु भएर समयमा सम्पन्न हुन नसकेका र ठेक्का प्रक्रियामै अल्झिएका विभिन्न सडकखण्डको काम अघि बढाउन सांसदहरुले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद ठाकुरप्रसाद गैरे र तेजुलाल चौधरीले अपलत्र परेका सडकको कामअघि बढाउन सम्बन्धित मन्त्रालयलाई संसद्मार्फत् निर्देशन दिइनुपर्ने बताउनुभएको हो ।
“रुपन्देही, पाल्पा र गुल्मी जिल्ला जोड्ने सडक सालझण्डी–सुन्दरढुङ्गा सडक कालोपत्र गर्नका लागि ढेक्का लागेको तीन वर्षभन्दा बढी समय भइसक्यो तर अहिलेसम्म काम सुरु हुनसकेको छैन । पाल्पाको डुम्रेदेखि काकल्दी–बुढाखोल्सा–कुसुमखोला–त्रिवेणी–सातमूले हुँदै गुल्मी जोड्ने सडकको ठेक्का सुरु भएर पनि ट्र्याक खुल्न सकेको छैन”, गैरेले भन्नुभयो ।
त्यस्तै डुम्रेदेखि कुसुमखोलासम्मको सडक कालोपत्र गर्ने गरी सुरु भएको ठेक्काको अझै सुरु नभएको उहाँको भनाइ छ । विभिन्न सरकारी निकायहरुबीच समन्वय हुन नसक्दा पनि सडकका काम अलपत्र गरेको उहाँको भनाइ छ ।
“वन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीचको समन्वयको अभाव र सानातिना कानुनी उल्झन देखाएर निर्धारण भएका कामहरु शूरु नहुँदा हाम्रो काममा प्रश्न उठ्ने गरेको छ”, सांसद गैरेले भन्नुभयो ।
उहाँले ठेक्का प्रक्रिया सकिएर पनि काम सुरु नभएका आयोजनामा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्न उहाँले संसद्मा माग गर्नुभयो । सांसद तेजुलाल चौधरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका विभिन्न सडकखण्ड र सडक डिभिजन लहानअन्तर्गत कार्यान्वयन भइरहेका सडकको कामबारे प्रश्न उठाउनुभयो ।
“पटकपटक बोलपत्र प्रक्रिया रद्द हुने र अर्को ठेक्का प्रक्रिया सुरु गर्न निकै धेरै समय लाग्ने गरेका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतका धेरै सडकखण्ड अलपत्र छन् । दुई÷तीन पटकसम्म बोलपत्र हुँदा पनि काम अघि बढ्नसकेको छैन”, सांसद चौधरीले भन्नुभयो ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...