प्रतिनिधिसभा उपचुनाव : सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
काठमाडौं । प्रतिनिधि सभा सदस्यको उपचुनाव स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपचुनाव स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृत दिनुभएको छ ।
‘एकीकृत सुरक्षा कार्ययोजना २०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९ चैत २८ को सिफारिसका आधारमा मन्त्रिपरिषद्को चैत २८ गतेको निर्णय तथा प्रधानमन्त्रीको चैत ३० गतेको पत्रको आधारमा यही वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपचुनावमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गर्नुभएको छ’, राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ । वैशाख १० गते तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन निर्वाचन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ ।
Comments
अरु समाचार
-
सरकारले सय दिनमा राम्रो काम गरेको छ,पार्टीको तर्फबाट कुनै किसिमको अवरोध हुँदैन: सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने बताएका छन् ।...
-
प्रधानमन्त्री ओली मंसिरमा चिन जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंसिरमा चिन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु...
-
सहकारी ठगी प्रकरणमा ‘नयाँ ट्विस्ट’ जिबीलाई बचाउँन रास्वपाकै नेताहरुको ‘साँठगाँठ’
काठमाडौं । हतारोमा न्युज लेख्ने ? यसो भन्दै माइक्रोसफ्टमा जागिरको हवाला दिएर आफै हतारोमै "Fake email" को निश्कर्ष निकाल्ने र...
-
प्रधानमन्त्री ओलीद्वारा शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गरेका छन् । नेपाल संवत् नयाँ...
-
चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छः कांग्रेस सभापती देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको उल्लेख गरेका छन् । तिहार...
-
प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गरेका छन् ।...
-
तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने
काठमाडौं । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको...
-
संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन् । विराटनगर विमानस्थलमा...
-
सिंहदरबार वैद्यखानाको अवस्थाप्रति नगरप्रमुख साहद्वारा चिन्ता प्रकट
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट...