ताजा समाचार

सरकारको कामबाट जनताले चित्त बुझाएका छैनन् : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तनपछि बनेका सरकारको कामबाट जनताले चित्त बुझाउन नसकेको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश कमिटीले काठमाडौँमा गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले राज्य आफ्नो कार्यभारप्रति गम्भिर हुनु पर्ने बताउनु भयो । कमिटीको वार्षिक साधरणसभामा गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘आफ्नो कार्यभारप्रति सबै गम्भिर हुनुपर्छ ।’

देशले प्राप्त गरेको हरेक उपब्धिमाथि एकपछि अर्को प्रहार भईरहेको र त्यसका लागि हरेक पाईलामा सचेत हुन आवश्यक रहेको गृहमन्त्री श्रेष्ठको भनाई छ । परिवर्तनको औचित्य पुष्टि गर्न समृद्धिको यात्रालाई तिव्रता दिनु पने उहाँको भनाई छ ।

देशले अनेक समस्या भोग्नुपरेको छ। संघर्षबाट प्राप्त परिवर्तन र उपलब्धिमा प्रतिगामीको आक्रमण भईरहेको छ। ‘परिवर्तनपछि काम त भए तर, गुणात्मक हुन सकेनन्। त्यसबाट जनताले चित्त बुझाउन सकेका छैनन्’, उहाँले भन्नुभयो , ‘जनताको अपेक्षा र हाम्रो प्रतिवद्धता पुरा गर्न र परिवर्तनको औचित्य पुष्टि गर्न समृद्धिको यात्रालाई तिव्रता प्रदान गर्नुपर्छ । ‘ उहाँले अर्थतन्त्रमा समस्या देखा परे पनि त्यसलाई सुधार्न सकिने बताउनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org