ताजा समाचार

२३ हजार भोट गन्दा स्वर्णिमले ल्याए ११,६७७

तनहुँ । उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा हालसम्म १७ वटा वडाको मतगणना सकिएको छ। हालसम्म २३ हजार एक मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले ११ हजार ६७७ मत पाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ७८७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ८०२ मतका साथ भट्टराईलाई पछ्याइरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org