ताजा समाचार

मूलपानी क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो

काठमाडौं । मूलपानी क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।काठमाण्डौमा भैरहेको एसीसी प्रिमियर कप त्रिकेटमा एकदिवसीय मान्यता पाएका दुई देश ओमान र यूएईबीच सेमिफाइनल खेल भएसँगै मूलपानीले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

मूलपानी मैदान एकदिवसीय मान्यता पाउने नेपालको दोस्रो मैदान बनेको छ । नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको मैदान कीर्तिपुर हो । माथिल्लो मूलपानी मैदानमा नेपाल क्रिकेट सङ्घ ९क्यान० ले सन् २००८ मा एकेडेमी सञ्चालनको लागि निर्माण सुरुवात गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org