ताजा समाचार

बुर्किना फासोको एकतिहाई भूभाग सरकारको नियन्त्रणबाहिर

बुर्किना फासो । दक्षिण अफ्रिकी देश बुर्किना फासोमा रहेको एउटा सैन्य शिविरमा विद्रोही समूहले आक्रमण गरेको छ । घटनामा ३३ जना सैनिकको ज्यान गएको छ ।कम्तीमा १२ जना घाइते भएका छन् । सेनाले बिहीवार ४० जना विद्रोहीको हत्या गरेलगत्तै विद्रोही समूहले सैन्य शिविरमा आक्रमण गरेको हो ।

बुर्किना फासोमा सन् २०१५ देखि विद्रोही समूहका गतिविधि तीव्र भएको थियो । अहिलेसम्म दुवैतर्फ गरी १० हजारभन्दा धेरैको ज्यान गइसकेको छ । देशको एक तिहाई भूभाग सरकारको नियन्त्रणभन्दा बाहिर रहेको अल जजिराले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org