ताजा समाचार

प्रतिनिधि सभा र राष्ट्रिय सभामा नयाँ सचिव सिफारिस

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभामा नयाँ सचिव सिफारिस भएका छन् । आइतबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सचिव र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सचिव सिफारिस गरेको बुझिएको छ ।

प्रतिनिधि सभा सचिवमा पदमप्रसाद पाण्डे सिफारिस हुनु भएको हो । उहाँ नायव महान्यायाधीवक्ता हुनुहुन्छ । यस्तै राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई सिफारिस गरिएको छ। उनी संसद सचिवालयकै सहसचिव हुनुहुन्छ ।

घिमिरे र तिमिल्सिनाले गरेको सिफारिसलाई राष्ट्रपतिले स्वीकृत गरेपछि उनीहरूको नियुक्ति हुनेछ। यसअघि प्रतिनिधि सभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालको पाँच वर्षे कार्यकाल सकिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org