ताजा समाचार

एमाले सचिवालय बैठक केन्द्रीय कमिटी बैठकको एजेण्डामा केन्द्रित हुने

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक यही २६ गते च्यासलस्थित केन्द्रीय कार्यालयमा तय गरिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सञ्चारमाध्यमलाई जानकारी दिुनु भयो । बैठक विशेषगरी पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डामा केन्द्रित हुनेछ । यही वैशाख २९(३१ सम्म झापामा एमालेले केन्द्रीय समिति बैठक राख्ने भएको छ ।

सचिवालय र केन्द्रीय कमिटी बैठकमा पार्टी सुदृढीकरणका लागि एमालेले थालेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा, पार्टीको आगामी रणनीति र समसामयिक राजतीतिक परिवेशमा विषयमा पनि छलफल हुने बताइएको छ । एमालेले वैशाख १० सम्म मिसन ग्रासरुट अभियान सकेर प्रदेशस्तरमा समीक्षा पनि गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org