ताजा समाचार

राजा चार्ल्स तृतीयको राज्याभिषेकअघि लन्डनका सडकमा घुइँचो

लन्डान । लन्डनमा राजा चार्ल्स तथा उनकी पत्नी क्वीन कन्सोर्ट कमिलाको राज्याभिषेकका लागि अन्तिम तयारीहरू भइरहेका छन्। त्यसअघि सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको घुइँचो लागेको छ। वेस्टमिन्स्टर एबीमा हुने समारोह र परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातभरि दरबारबाहिर बसेका छन्।

लन्डनको वाटरलु स्टेसनमा रेलमार्फत् सशस्त्र सैन्य बलका हजारौँ सदस्य शनिवारको समारोहमा सहभागी हुन बकिङ्घम दरबारतर्फ जाँदैछन्। वेस्टमिन्स्टर एबीमा भव्य शाही समारोहको आयोजना गरिएको छ जहाँ अतिथिहरू आउने क्रम सुरु भएको छ। संसारभरिबाट विश्व नेता र राजपरिवारका सदस्यहरूसहित २ हजारभन्दा धेरैलाई समारोहका लागि निम्त्याइएको छ। मनोरञ्जन जगत्‌का व्यक्तिहरू समेत अतिथिका रूपमा आइरहेका छन् । यूकेका प्रधानमन्त्री ऋषि सुनकले शनिवारको दिन अभूतपूर्व राष्ट्रिय गौरवको क्षणू भएको र हाम्रो देशको आधुनिक चरित्रको जीवन्त प्रदर्शनू भएको बताएका छन्।

उनले ट्वीटमार्फत् भनेका छन् ,’ कुनै अर्को देशले यस्तो चमकदार प्रस्तुति गर्न सक्दैन। तर यो प्रदर्शनी मात्र होइन। यो हाम्रो इतिहास, संस्कृति र परम्पराको गौरवपूर्ण अभिव्यक्ति हो। योजनाबद्ध रूपमा तय गरिएको सप्ताहान्तका विशेष कार्यक्रमहरूमा सडक पार्टीहरू र आइतवार विन्डसर कासलमा हुने कन्सर्ट समेत समावेश छ। सोमवार देशव्यापी रूपमा स्वयंसेवी कार्यक्रमहरू हुँदैछन्। राजतन्त्रविरोधी प्रदर्शनहरू समेत हुनसक्ने ठानिएका छन्। – स्रोत बीबीसी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org