ताजा समाचार

जहाजमा फेरि समस्या,श्री एअरलाइन्सको जहाज बीचबाटै फर्कियो

काठमाडौं । भैरहवाबाट काठमाण्डौका लागि उडेको श्री एअरलाइन्सको जहाज बीचबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाजमा समस्या देखिएपछि भैरहवा नै फर्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । भैरहवा विमानस्थलमै अवतरण गरेपछि पनि जहाजमा फेरि समस्या देखिएको छ ।

अवतरणपछि जहाजको पाङ्ग्रा लक भएको छ । पाङ्ग्रा लक भएपछि धावनमार्गबाट जहाज गुड्न सकेको छैन । जसका कारण काठमाण्डौबाट भैरहवाका लागि छुटेको यति एअरलाइन्सको एउटा जहाज काठमाण्डौ नै फर्किएको छ । धावनमार्गमा रहेको श्रीएअरको जहाजलाई अहिले प्राविधिकको सहयोगमा हटाउने काम भइरहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । धावनमार्गबाट जहाज हटाएपछि मात्रै भैरहवा विमानस्थलबाट अरु उडान र अवतरण सुरु हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org