ताजा समाचार

कसलाई कसरी तेजोबध गर्न सकिन्छ भन्ने खेल खेलिदैँछ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका दोषीलाई कारबाही गर्नेभन्दा कसलाई कसरी तेजोबध गर्न सकिन्छ भन्ने चाल चल्ने काम भइरहेको आरोप लगाउनु भएको छ । विहीबार पार्टी मुख्यालयमा पार्टीको पाँचौं केन्द्रीय समितिको बैठक सुरुवात गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्न छाडेर कसरी कसलाई तेजोबध गर्न सकिन्छ भन्ने कुरा पनि चालेका छन् ।’

नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ संकेत गर्दै उनले जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुने बताउनु भयो । ‘यसबाट अर्को कसैले यसलाई यही दिन देख्नका लागि गणतन्त्र ल्याउनुपरेको थियो भनेर भन्ने अभिव्यक्ति थियो अथवा गणतन्त्रमा भ्रष्टाचार हुन्छ राजतन्त्रात्मक प्रणाली भएको भए हुँदैनथ्यो भन्ने भाष्य बनाउन खोजिएको छ’ उहाँले भन्नुभयो , ‘जुनसुकै प्रणालीमा पनि भ्रष्टाचार हुनसक्छ ।’

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले भ्रष्ट क्रियाकलापलाई नियन्त्रण गर्नुपर्ने बताउनु भयो । ‘भ्रष्ट क्रियाकलापलाई नियन्त्रण गर्नुपर्छ’ उहाँले भन्नुभयो , ‘हामीले सरकारलाई लगातार यही कुरा भनेका छौं ।’ बैठक सुरु हुनुअघि अध्यक्ष ओलीले पत्रकारसँग कुरा गर्दै आफूले ०४७ सालदेखि यताका सबै भ्रष्टाचारबारे छानबिन गर्न सरकारलाई भनेको बताउनु भयो । सरकारले अहिले भ्रष्टाचार नियन्त्रणका लागि कदम चालेकोमा खुसी लागेको उहाँको भनाइ छ । तर उहाँले प्रधानमन्त्री प्रचण्डले भनेजस्तो फिल्मको प्रतीक्षा गरेको बबताउनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org