ताजा समाचार

प्रेस युनियन संखुवासभाको अध्यक्षमा दिपेन्द्र शाक्य चयन

खाँदबारी । नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन प्रेस युनियन संखुवासभा कार्यसमितिको अध्यक्षमा दिपेन्द्र शाक्य चयन हुनु भएको छ । युनियनको शुक्रबार सम्पन्न चौथो जिल्ला अधिवेसनले शाक्यलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

समितिको उपाध्यक्षमा नवीन गुरुङ र दुर्गेश पौडेल चयन हुनु भएको छ । यस्तै सचिबमा ध्यान कुलुङ चयन हुनु भएको छ ।

संखुवासभा उद्योग वाणिज्य संघ खाँदबारीको सभाहलमा भएको युनियनको अधिवेसन कार्यक्रमका प्रमुख अतिथि सांसद दिपक खड्काले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org