ताजा समाचार

सीमा क्षेत्रको चेकजाँच प्रभावकारी बनाउन प्रहरी नायव महानिरीक्षक बास्तोलाको निर्देशन

विराटनगर । चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेकजाँचको व्वस्था मिलाउन प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले निर्देशन दिनु भएको छ । मोरङ जिल्लाका सिमावर्ती क्षेत्रको अनुगमनको क्रममा सीमा क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै उहाँले उक्त कुरा बताउनु भएको हो ।

वहाँले खुल्ला सिमानाको कारण हुने विभिन्न आपराधिक गतिविधि रोकथाम र नियन्त्रणका लागी अन्य निकायहरुसँग समेत समन्वय गर्नुपर्नेमा जोड दिनु भयो । दैनिक कामकारवाहीलाई चुस्त, दुरुस्त बनाउँदै आआफनो जिम्मेवार एरिया ईलाकाहरुमा भरपर्दो सुरक्षा ब्यबस्था मिलाउन पनि उहाँले जोड दिनु भयो ।

कुनै लोभलालचमा नपरी निस्वार्थ भावनामा जनताको सेवा गर्न समेत प्रहरी नायव महानिरीक्षक बास्तोलाले आफू मातहतका निकायलाई निर्देशन दिनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org