ताजा समाचार

अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’ मा अदिती बुढाथोकी

काठमाडाैँ । अभिनेत्री अदिती बुढाथोकी नेपालसँगै भारतमा आफ्नो अभिनय यात्रामा सक्रिय छिन्।

गतवर्ष फिल्म ‘बाबरी’ देखिएकी अभिनेत्री अदिती यतिबेला भारतमा म्युजिक भिडिओसँगै वेब सिरिजमा व्यस्त छिन्। ‘म्युजिक वेब सिरिज’ सिजन १ को छायांकन गरिरहेको उनले इन्स्टाग्राममार्फत जानकारी दिएकी छन्।

नितिन गावडेले निर्देशन गरिरहेको वेव सिरिजमा उनले सिजन १ देखि सिजन ३ सम्म काम गर्ने भएकी छन्। यस वेब सिरिजलाई विनोद प्रधानले छायांकन गरिरहेका छन्।

यो वेब सिरिज अमेजन प्राइमबाट रिलिज हुनेछ।

अदितीले अनमोल केसीको फिल्म ‘कृ’ बाट फिल्ममा डेब्यू गरेकी थिइन्। त्यसपछि उनी आफ्नै होम-प्रोडक्सनको फिल्म ‘बाबरी’ मा देखिएकी थिइन्।

‘बाबरी’ रिलिज भएसँगै निर्माता पुष्पतला बुढाथोकीले अनटाइटल फिल्मको घोषणा गरेकी थिइन्। उक्त फिल्ममा ‘बाबरी’ कै कलालार दोहोरिने छन्। ‘बाबरी’ मा अदिती र धिरज मगरको मुख्य भूमिका थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org