ताजा समाचार

हाईकुः हरेक बर्ष असार कुर्छ,सरकार पढ्छ बजेट छर्छ

काठमाडाैँ । सरकार आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट सार्वजनिक गरेको छ ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ भित्र अनिवार्य बजेट सार्वजनिक गर्नुपर्ने बाध्यताले हतारमा काम सक्ने शैलीलाई प्रभु बैंकका सिईओ अशोक शेरचनले हाईको मार्फत व्याङ्गे गरेका छन ।

सिईओ शेरचनले बजेट निर्माण प्रकृया कर्मकाण्डी ,वितरणमुखी भएको भन्दै हाईकु मार्फत यसरी व्याङ्गे गर्नुभएको छ ।

 

सिईओ शेरचनले बजेटबारे हाईको मार्फत यसरी व्याङ्गे गर्नु हुन्छः  निरन्तर सार्वजनिक वित्तको अभ्यासमार्फत निश्चित समयसीमा र चरणबद्ध रूपमा गर्ने समग्र कार्यलाई बजेट तर्जुमा प्रक्रियामा आबद्ध गरी सरकारले बजेट बनाउनुपर्ने हुन्छ । तसर्थ यो समग्र प्रक्रियालाई बजेटप्रणाली वा समयावधिसहितको अवधारणालाई बजेट चक्रसमेत भन्ने गरिन्छ ।

बजेट सार्वजनिक हुने सन्निकटको समयमा बजेट निर्माण गर्ने अर्थ मन्त्रालयमाथि सबैको ध्यान र दबाब केन्द्रित भइरहेको हुन्छ । त्यसैगरी बजेट निर्माणमा सरकारका अन्य निकाय र बजेटसँग निकटतम रहेको सरोकार समूहसमेत धेरथोर व्यस्त हुन्छ । तर, समग्र बजेटलाई हलुका ढंगले लिने र सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा स्वार्थगत चासोलाई सम्बोधन गराउने परिपाटी र अवस्थाले बजेटप्रणाली नै अनियन्त्रित हुने परिस्थिति निम्तिने जोखिम रहन्छ ।

बजेट सरकार र सरकारमा आबद्ध राजनीतिक दलको नीति तथा सिद्धान्त एवं साझा प्राथमिकताका आधारमा तयार गरिन्छ । सोहीअनुसारको योजना तथा कार्यक्रमको सोच, उद्देश्य, लक्ष्य वा रणनीतिसहित त्यसको कार्यान्वयनको समयसीमा, नतिजा वा अपेक्षासँग सन्तुलन मिल्ने गरी बजेट तयार गर्न आवश्यक हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org