ताजा समाचार

संघीय संसदका दुवै बैठक बस्दैः हिजाे अवरुद्ध बैठक आज सुचारु हुनसक्ने

काठमाडौं। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक अपरान्ह १ बजे बस्नेछ ।

बैठकमा सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेट माथि छलफल तथा बहस सुरू हुनेछ । तर, हिजोको बैठक प्रमुख प्रतिपक्ष दलले अवरुद्ध गरेपछि छलफल नै सुरु नभई स्थगित भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा बंगलादेशसम्म सीमा पहुँचका लागि नेपाली भूमि कालापानी साटफेर गरेर सीमा विवाद मिलाउन सकिने भन्ने अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतले प्रधानमन्त्रीको जवाफ माग गर्दै हिजो संसद अवरुद्ध गरेका थिए ।

प्रमुख प्रतिपक्ष दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद सुचारु गर्न नदिए पछि आधा घन्टाका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । सहमति खोज्नका लागि स्थगित भएको बैठक सहमति जुट्न नसकेपछि आज बिहान ११ बजे बोलाईएको हो ।

उता, राष्ट्रियसभा बैठक भने सुचारु भई शोक प्रस्ताव पारित गरे पनि त्यसपछि बैठक अघि बढ्न सकेन । प्रतिपक्ष दलले अवरोध गरे पछि आधा घन्टाका लागि स्थगित बैठक सुचारु हुन नसकेपछि आज अपरान्ह १ बजेका लागि बोलाईएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org