ताजा समाचार

नेपालमा मनसुन पस्न अझै कम्तीमा डेढ साता लाग्ने

काठमाडौँ । पानी पार्ने मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको हो। केरला आइपुगेको मनसुन नेपाल आइपुग्न सामान्यतया: १२ दिन लाग्छ। मौसमविद्हरुका अनुसार कहिलेकाहिँ एक वा दुई दिन तलमाथि पनि हुन्छ।

नेपालमा मनसुनी वायु प्रवेश गरेपछि मात्र मनसुनी वर्षा सुरु हुन्छ।

केरला आइपुगेको मनसुनी वायु बंगालको खाडीबाट उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट नेपालमा भित्रन्छ।

गत वर्ष नेपालमा जुन ५ मा मनसुनी वायु प्रवेश गरिसके पनि यस वर्ष करिब जुन २० तिरमात्र मनसुनी वायु नेपाल पस्ने सम्भावना रहेको मौसमविद्हरु बताउँछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org