ताजा समाचार

मुम्बईमा समुन्द्रमा डुबेर दुई जनाको मृत्यु, दुई जना बेपत्ता

काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको राजधानी मुम्बईमा समुन्द्रमा डुबेर दुई बालकको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् ।

करिब १२ वर्ष देखिका केटा शहरको जुहु समुद्र तटमा लाइफगार्डको कललाई बेवास्ता गर्दै पुगेको बताइएको छ । केटा किनारबाट करिब आधा किलोमिटर पुगेको एक स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

उद्धारकर्ताले दुई केटाहरू फेला पारो र कुपर अस्पताल पुर्याइएको तर डाक्टरले उनीहरूलाई मृत घोषित गरेका थिए । त्यसैगरी अन्य दुईजना बेपत्ता भएका डुबेको हुनसक्ने अनुमान गरिएको छ । घटना लगत्तै स्थानीय मछुवा र दमकलका उद्धारकर्ताले बालकको खोजीकार्य शुरु गरेका थिए ।

चक्रवात विपरजोय अरब सागरमा तीव्र बन्दै गएपछि मुम्बईको तटीय क्षेत्रमा आँधी चलिरहेको बेला उक्त घटना भएको हो । स्थानीय अधिकारीले पहिले नै सर्वसाधारण र माछा मार्नेलाई समुद्रमा जान नदिन चेतावनी दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org