ताजा समाचार

एसिया कप २०२३: नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्ने

काठमाण्डौ । एसिया कप २०२३ पाकिस्तान र श्रीलङ्कामा हुने पक्का भएको छ । एसिया कप आउँदो अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुने एसियन क्रिकेट काउन्सिल ९एसीसी० ले आज बिहीवार जानकारी दिएको छ ।

एकदिवसीय फर्म्याटमा हुने एसिया कप यस पटक हाइब्रिड मोडलमा हुन लागेको हो । जसअन्तर्गत प्रतियोगिताका चार खेल पाकिस्तान र बाँकी नौ खेल श्रीलङ्कामा हुनेछ । भारतले पाकिस्तान जान नमानेपछि प्रतियोगिता दुई ठाउँमा खेलाइने भएको हो ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । नेपालले अघिल्लो महिना घरेलु मैदानमा एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो । नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ । नेपालले पाकिस्तानसँगको खेल पाकिस्तानमै खेल्नेछ ।

समूहका शीर्ष २ ले सुपर फोर मा ठाउँ बनाउनेछन् । सुपर फोर बाट शीर्ष २ टोली फाइनलमा पुग्नेछन् । यसअघि भारत र पाकिस्तानको आन्तरिक राजनीतिक विवादका कारण एसिया कप हुने वा नहुनेमा अन्योल थियो । यही कारण अहिलेसम्म प्रतियोगिताको ठाउँ र तालिका सार्वजनिक भएको थिएन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org