अफगानिस्तानको तखार सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २ जना घाइते
काठमाडौं । अफगानिस्तानको तखारमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । खामा प्रेस समाचार एजेन्सीका अनुसार पहिलो घटना प्रदेशको चाआब जिल्लामा भएको दुर्घटनामा सवारी साधन पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दोस्रो घटना सोही क्षेत्रमा विपरीत दिशाबाट आउँदै गरेको अर्को गाडीसँग ठोक्किँदा एक जनाको मृत्यु भएको हो । यसअघि उत्तरपूर्वी प्रान्त बदख्सानको कोफाब जिल्लामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको खामा प्रेसले जनाएको छ । खामा प्रेसका अनुसार गत साता सर्(एपोल, बामियान र जाबुल प्रान्त लगायत देशका विभिन्न क्षेत्रहरूमा भएका धेरै सडक दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको र ४५ जना गम्भीर घाइते भएका छन् ।
सडक दुर्घटनामा बृद्धि हुनुमा गैरजिम्मेवार सवारी चालक पक्की सडकको अभाव, कम मर्मतसम्भार र ट्राफिक नियम पालना नगर्नु लगायातका कारण रहेको अधिकारीहरूले बताएका छन् ।
Comments
अरु समाचार
-
चीनमा व्यायाम गरिरहेका मानिसको भीडमा एक व्यक्तिले कार गुडाउँदा ३५ जनाको मृत्यु
बेइजिङ। चीनको जुहाईमा व्यायाम गरिरहेका मानिसहरूको भीडमा एक जना व्यक्तिले कार गुडाउँदा ३५ जनाको ज्यान गएको छ । यो घटनामा...
-
अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण
काठमाडौं । अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ।...
-
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी भू–भाग फिर्ताभन्दा शान्ति स्थापनामा जोड दिने
न्यूयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रायन लान्जाले रुससँगको युद्धमा युक्रेनले गुमाएका भू–भाग फिर्ताभन्दा शान्ति हासिल गर्नमा...
-
गाजा युद्धमा मृत्यु भएका मध्ये ७० प्रतिशत महिला तथा बालबालिका
गाजा । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ बाट बाहिर आएको डरलाग्दो वास्तविकताको विवरण...
-
इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते
काठमाडौं । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते...
-
उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि दक्षिण कोरियाले क्षेप्यास्त्र अभ्यास गर्यो
काठमाडौं । दक्षिण कोरियाले उत्तर कोरियाको हालैको क्षेप्यास्त्र प्रक्षेपणपछि शक्ति प्रदर्शनका रूपमा समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सोलले शुक्रबार जनाएको...
-
अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा...
-
गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो
काठमाडौं । जारी युद्धको बावजुद गाजामा पोलियो खोप अभियान पूरा भएको छ । अभियान अन्तर्गत पाँच लाखभन्दा बढी प्यालेस्टिनी बालबालिकाहरूलाई...
-
अमेरिका र चीनबीच ‘सहकार्य हुनुपर्ने’ चिनियाँ राष्ट्रपति सीको भनाइ
काठमाडौं । बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा...