ताजा समाचार

फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’को पूर्वाभ्यास

पोखरा । पोखराको फेवातालमा शुक्रबारदेखि सुरु हुन लागेको नेपाल-चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस फेस्टिभल’को आज पूर्वाभ्यास गरिएको छ ।

चीन सरकारको पहलमा असार ८ र ९ गते ‘ड्रागन बोट रेस फेस्टिभल’ हुन लागेको छ । यसमा नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र क्षेत्रीय होटल संघ पोखराले सघाएका छन् ।

दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनका चार र नेपालका चार गरी आठ टोलीले सहभागीता जनाउँदै छन् । यसअन्तर्गत २०० र ५०० मिटर दौडमा प्रतिस्पर्धा हुनेछ ।

फेस्टिभलमा सहभागी हुन चिनियाँ टोली बुधबार सिचुआन एयरलाइन्सको चार्टर्ड जहाजबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो । चिनियाँ खेलाडी र पाहुनाका लागि पोखरामा खाने–बस्ने र आउ–जाउ गर्ने खर्च चीन सरकारले नै व्यहोरेको छ ।

चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेपछि आयोजना गरिएको यो फेस्टिभलले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने आयोजकको विश्वास छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org