ताजा समाचार

नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभल: नेपालका २ समूह दोस्रो चरणमा प्रवेश

पोखरा । पोखराको फेवा तालमा शुक्रबार सुरु भएको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभलमा नेपालका २ समूह दोस्रो चरणमा प्रवेश गरेका छन् ।

चीनबाहिर दक्षिण एसियामै पहिलो पटक आयोजना भएको फेस्टिभलमा नेपालका नारा ड्रागन बोट र एनआरसीए ड्रागन बोट टीम दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

२ सय मिटरको इभेन्टमा नेपालको नारा ड्रागन बोट टीमले १ मिनेट ५८ सेकेन्ड र एनआरसीय ड्रागन बोट टीमले १ मिनेट ५६ सेकेन्डमा पार गर्दै दोस्रो चरणका लागि स्थान पक्का गरेको हो ।

सोही इभेन्टमा चीनको सिचुवान ड्रागन बोट टीमले १ मिनेट ४८ सेकेन्ड र युनान बोट टीमले १ मिनेट ५५ सेकेन्डमा पूरा गरेका थिए ।

५ सय मिटरको इभेन्टमा नेपालका नारा ड्रागन बोट टीम र एनआरसीय ड्रागन बोट टीमले नै दोस्रो चरणका लागि स्थान बनाएका छन् । नाराले निर्धारित दूरी ४ मिनेट ४७ सेकेन्ड र एनआरसीएले ५ मिनेट २ सेकन्डमा पूरा गर्दै दोस्रो चरणमा स्थान पक्का गराएका हुन् ।

सिचुवान ड्रागन बोट टीमले निर्धारित दूरी ४ मिनेट ३८ सेकेन्डमा पार गर्दै पहिलो हुँदा युनान ड्रागन बोट टीमले ४ मिनेट ५३ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल ग¥यो ।

उक्त फेस्टिभलमा नेपाल र चीनका ८ समूहले भाग लिएका छन् । पहिलो दिन २ सय मिटर र ५ सय मिटर गरी दुई इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताका विजेताले ५ लाख ५० हजार, दोस्रो हुनेले ३ लाख ५० हजार र तेस्रो हुनेले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । फेस्टिभलका फाइनल खेल शनिबार हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org