गल्फ टोली प्रशिक्षणका लागि आज भारत जाँदै
काठमाडौं । १९औँ एसियाली खेलकुद (एसियाड)का लागि छ सदस्यीय गल्फ टोली आज शनिबार वैदेशिक प्रशिक्षणका लागि भारतको बैङ्लौर जाने भएको छ ।
प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फर सुवास तामाङ, सद्भाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देलसहित छ सदस्यीय नेपाली टोली भारतको तरुण सरदेसाई गल्फ एकेडेमीमा तीन महिनाको विशेष प्रशिक्षणमा सहभागी हुनेछ ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र नेपाल गल्फ सङ्घका अध्यक्ष टासी घलेले आज यहाँ आयोजित कार्यक्रममा बिदाइ गर्नुभयो । नेपाल नम्बर १ प्रो राई हाल जर्मनीको ड्रेसडेनमा प्रशिक्षणमा रहेका छन् र उनी एक महिनापश्चात बैङ्लौर पुग्ने नेपाल गल्फ सङ्घका सदस्य तथा युवा विकास निर्देशक दीपक आचार्यले जानकारी दिनुभयो ।
गल्फ खेलाडीले प्रशिक्षणको क्रममा फिजिकल फिटनेस, न्युट्रिसन र मनोवैज्ञानिकसत्रका साथ तालिम लिनेछन् । गल्फ खेलाडी आगमी सेप्टेम्बर २० तारिखसम्म तरुण सरदेसाई गल्फ एकेडेमीमा रहने छन् र सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनको हुने हाङ्झाओमा हुने एसियाली खेलकुदमा सहभागी हुनेछन् । एकेडेमीका निर्देशक तथा पूर्वभारतीय प्रोफेसनल गल्फर तरुण सरदेसाईको नेतृत्वमा प्रशिक्षण हुनेछ । प्रशिक्षण दौरान प्रत्येक साता प्रतियोगिता पनि हुने जनाएको छ ।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...












