क्रिकेट टिमलाई ओलीको सान्त्वना- असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मेहनत कहिलेकाहीँ परिणाम प्राप्त हुन नसके पनि निराश नहुन भन्दै नेपाली क्रिकेट टीमलाई सान्त्वना दिएका छन् ।
नेपाली टीम नेदरल्यण्डसँग पराजित भएपछि एक स्टाटस लेख्दै ओलीले मेहननत जननी र परिणाम शिशु भएको बताएका छन् ।
उनले भनेका छन्, ‘मेहनत जननी हो भने परिणाम शिशु। कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम !’
आफूले खेल मोबाइलबाट लाइभ हेरेको उल्लेख गर्दै नेपाल फर्केपछि टोलीसँग सँगै खाना खानेगरि भेटौला भनेका छन् ।
मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भएपनि खेल हेरेको उनले बताएका छन् ।
उनले भनेका छन्, ‘एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।
 
Comments
अरु समाचार
-
नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट
काठमाडौँ : नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स...
-
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ।आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार...
-
तेस्रो एकदिवसीय खेलमा अफगानिस्तानले शृङ्खला जित्यो
काठमाडौं । अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ। अन्तिम खेलमा पाएको सफलतासँगै अफगानिस्तानले शृङ्खला २-१...
-
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित
काठमाडौँ : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी...
-
एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने क्यानको तयारी
काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको क्रिकेट...
-
राष्ट्रिय फुटबल खेलाडी पूजा राना सम्मानित
काठमाडौं । भर्खरै सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी नेपाली महिला फुटबल टोलीकी राष्ट्रिय खेलाडी...
-
यु–१९ महिला टि–२० विश्वकपः नेपालको लगातार दोस्रो जित
काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । संयुक्त अरब...
-
महिला यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै
काठमाडौं । आइसिसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले थाइल्याण्डसँग खेल्दै छनोट...
-
यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा प्रवेश
काठमाडौं । नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ । सोमबार...