ताजा समाचार

सहकारीको विवरण ३० दिनभित्र बुझाउन काठमाडौं महानगरको निर्देशन

काठमाडाैँ । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सबै सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको सहकारी विभागले आज एक सूचना जारी गर्दै साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण एक महिनाभित्र बुझाउन भनेको हो

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेस नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

केही सहकारी संस्थाहरूले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस गर्ने गरेको नपाइएको हुँदा  सूचना प्रकाशित गरिएको महानगरले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org