ताजा समाचार

उत्तर भारतमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, २ गम्भीर घाइते

काठमाडौं । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा शुक्रबार बिहान सडक छेउमा पार्क गरिएको ट्रकसँग कार ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनाको साथै अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

राज्यको बाँदा जिल्लामा आठ जना यात्रु बोकेको कारले ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको बाँ्दाका जिल्ला अधिकारी दुर्गा शक्ति नागपालले जानकारी दिएका छन् ।

पाँच जनाको घटनास्थलमै ज्यान गएको थियो भने तीनजनालाई सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो । बाँकी दुई घाइतेको अवस्था अहिले गम्भीर रहेको र सरकारी अस्पतालमा सारिएको अधिकारीले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org