ताजा समाचार

कविता: कहिले अन्याय सहेर मर्‍याै ,कहिले न्याय बेचेर मर्‍याै

तिमि कायर की कम

मान्छेहरु भन्छन्, उ कस्तो कायर थियो,
जीवन जिउन सकेन,
जाबो हाकिम साबले जिस्क्याउदैमा आत्म हत्या नै गर्यो,

तिनलाई के थाहा उसको त्यो मजाक,
मेरो सात पुस्ताले पिउदै गरेको विष थियो,
हेपिदै आएको त्यो जातरुपी विष थियो,
दम्भिदै आएको पुरुष्तात्त्मक विष थियो,
धपाउदै आएको खसरुपी विष थियो,

मान्छेहरु भन्छन्, उ कस्तो कायर थियो,
जीवन जिउन सकेन,
जाबो सत्य देखाउदा आत्म हत्या गर्यो,

तिनलाई कसैले बताईदिनु,
त्यो सत्य हैन झुठ थियो,
मनै कटक्क खाने दमन थियो,
हजारौ पल्ट बोलेर दिइएको,
धोखा थियो वैमनश्यता थियो,

र म त बस एक पटक मरे तिमि त दिनहु मर्दै/मार्दै छौ,

कहिले कथित जातिको नाउमा,
त कहिले धर्मको नाउमा |
कहिले फेस्बुके भाइरसको चित्कारमा,
त कहिले सोमरसको आडमा |

कहिले अन्याय सहेर मर्यौ,
त कहिले न्याय बेचेर मर्यौ |

हो, त्यसैले म अब तिम्लाई सोध्न चाहन्छु,
म सहस गरेर एकै पल्ट मर्ने कायर,
की
तिमि हर-दिन हर-छन् पटक पटक मर्ने कायर ||||

राम रतन सिंह ‘देवकीनन्दन’
कानूनको बिधार्थी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org