ताजा समाचार

अफगानिस्तानमा सरकारले ब्युटीपार्लर चलाउन प्रतिबन्ध लगायो

काबुल । तालिबानले काबुल र देशका अन्य प्रान्तहरूमा महिलाको सौन्दर्य सैलुन (ब्युटीपार्लर) मा प्रतिबन्ध लगाएको छ । तालिवान मन्त्रालयका प्रवक्ता मोहम्मद अकिफ महजारले टोलो न्युजलाई यसबारे जानकारी दिएका हुन् ।

तालिवानको मन्त्रालयले काबुल नगरपालिकालाई तालिवान नेताको नयाँ आदेश कार्यान्वयन गर्न र महिला सौन्दर्य सैलुनहरूको लाइसेन्स रद्द गर्न पनि निर्देशन दिएको छ। यो प्रतिबन्ध पछि एक मेकअप आर्टिस्टले भनिन्, ‘परिवारका पुरुषको जागिर छ भने हामी घरबाट बाहिर निस्कने छैनौँ। हामी के गर्न सक्छौँ रु हामी भोकै बस्ने, के गर्ने रु तपाई हामीलाई मार्न चाहनुहुन्छ ?’

इस्लामिक इमिरेट्सले केटीहरू र महिलाहरूलाई स्कूल, विश्वविद्यालय र गैरसरकारी संस्थाहरूमा काम गर्नका साथै पार्क, सिनेमा घर र अन्य मनोरञ्जन क्षेत्रहरू जस्ता सार्वजनिक क्षेत्रहरूमा जान प्रतिबन्ध लगाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org