ताजा समाचार

पूर्वकै नमुना बन्दै खाँदबारीस्थित गोल्डेन स्टार्स इङलिश स्कुल, होटेल म्यानेजमेन्टतर्फ कक्षा ११ मा भर्ना खुल्यो

काठमाडौं । संखुवासभाको खाँदवारी- ९ तुम्लिङटारस्थित गोल्डेन स्टार्स इङलिश स्कुलले कक्षा ११ का लागि नयाँ भर्ना खुलाएको छ । उक्त विद्यालय व्यवस्थापन समितिले कक्षा ११ तर्फ होटेल म्यानेजमेन्ट र कमर्शतर्फ भर्ना खुलाएको हो । ८ रोपनी जग्गामा फैलिएको विद्यालयमा अत्याधुनिक संरचना,उपयुक्त साइन्स ल्याव,कम्प्युटर ल्याब, इन्टनेट,लाइब्रेरी, क्याफ्टेरिया, होस्टेललगायतको सुविधा विद्याथीहरुले पाउने छन् । विद्यार्थीहरुले स्वदेशमै केही गर्न सकुन् भन्ने उद्देश्यले यस विद्यालयको बढी ध्यान होटेल म्यानेजमेन्टमा छ ।

यस विद्यालय तथा कलेजका शैक्षिक क्रियाकलापहरुमा प्रोजेक्ट वर्क, क्लास प्रिजेन्टेशन, एसाइनमेन्ट, शैक्षिक भ्रमण, स्थलगत भ्रमणलगायत रहेका छन् । यस्तै प्रवेश परीक्षाको नतिजाका आधारमा छात्रवृतिको व्यवस्था गरिएको छ भने पिछडिएका परिवारबाट कलेजमा अध्ययन गर्न आउने विद्यार्थी र आवश्यक विद्यार्थीलाई पनि छात्रवृतिको  व्यवस्था गरिएको छ । यस्तै कक्षा ११ मा बोर्ड टप गर्ने, टर्मिनल परीक्षा टपर, सेकेन्ड टपरलाई पनि छात्रवृतिको व्यवस्था विद्यालय तथा कलेज व्यवस्थापनले गरेको छ । यस विद्यालयले प्रदान गर्ने अन्य सुविधाहरुमा यातायात र मेडिकल पनि रहेको छ ।

शान्तिपूर्ण वातावरणमा रहेको गोल्डेन स्टार्स इङलिश स्कुल विक्रम संवत २०५३ सालमा स्थापना भएको हो । २८ वर्षदेखि यस विद्यालयमा दक्ष तथा योग्य शिक्षकहरुले अध्यापन गराईरहेका छन् । यस्तै सक्षम तथा प्रतिभाशाली विद्यालय संचालकका कारणले यस विद्यालय तथा कलेजमा अध्ययन गरेका विद्यार्थीहरुलाई रोजगार तथा आत्मनिर्भरमा टेवा पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org