ताजा समाचार

कोशीमा मुख्यमन्त्री थापाले लिए शपथ, सुनुवार र जवेगु बने बिनाविभागीय मन्त्री

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले  पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् ।

थापासँगै नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका छन्।

माओवादी केन्द्रबाट कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लागि नसकेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org