ताजा समाचार

सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ । शुक्रवारदिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो ।

सङ्घीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org