मौसममा सुधार हुन अझै केही दिन लाग्ने
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहनाका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि पूर्ण बदली रहनाका साथै सबै प्रदेशका केही स्थानमा हल्कादेखि मद्यम वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी केही दिनसम्म बदली र वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
मौसमविद् मानन्धरका अनुसार पश्चिमी वायुको प्रभाव कायमै रहेको र न्यून चापीय रेखा नेपाल नजिक भएकाले अबका केही दिन वर्षाको सम्भावना छ । ‘देशभर मनसुनी वायुको प्रभाव रहेको छ, त्यस्तै न्यूनचापीय रेखा अहिले देशको पूर्वी भाग नजिक रहेकाले त्यसको अलि बढी असर देखिएको छ, न्यून चापीय रेखा जतातिर नजिक छ त्यहाँ बदली र वर्षा बढी हुन्छ, तुलनात्मक रुपमा पूर्वमा भन्दा पश्चिमतिर न्यूनचापीय रेखा दूरी बढी रहेकाले पूर्व क्षेत्रमा बढी वर्षाको सम्भावना देखिन्छ ।’
प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा मुलुकको आन्तरिक उडानमा समेत सामान्य प्रभाव परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । मौसम खराबीले आज बिहान सोलुखुम्बुमा दुर्घटनाग्रस्त हेलिकप्टरको खोजीमा समेत कठिनाइ भएको थियो । उक्त दुर्घटनाको कारण भने खुल्न सकेको छैन । मनसुनी वर्षाले यातायात तथा हवाई उडान, पर्यटन कृषिलगायत क्षेत्रमा असर पर्नसक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...