ताजा समाचार

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति पौडेलको समवेदना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समवेदना सन्देश पठाउनुभएको छ ।राष्ट्रपति पौडेलका तर्फबाट राष्ट्रपति कार्यालयका सचिव तथा उहाँको सचिवालयमा रहनुभएका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर समवेदना सन्देश हस्तान्तरण गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी एवं महिला नेत्री सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान भएको असामयिक निधनले आफूलाई अत्यन्तै दुःखी बनाएको राष्ट्रपतिको समवेदना सन्देशमा उल्लेख छ ।

समाज रूपान्तरणका क्रममा भएका सशस्त्र सङ्घर्षलगायत सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ । ‘समाज रूपान्तरण र राजनीतिक परिवर्तनमात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवं कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, सन्देशमा भनिएको छ ।

राष्ट्रपतिले स्व सीताको आत्माको चिरशान्तिको कामनासहित उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नाका साथै दुःखको यस घडीमा प्रधानमन्त्री, शोकसन्तप्त परिवारजन तथा शुभेच्छुकप्रति समवेदना प्रकट गर्नुभएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org