ताजा समाचार

ग्रिसमा जंगलको आगो निभाउन गएको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

काठमाडौं । ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा विमानमा सवार दुबै पाइलटको मृत्यु भएको जनाइएको छ ।

मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। विमानको पखेटाले रुखमा छोएपछि जमिनमा खसेर आगो लागेको थियो ।

हाल ग्रिसको जंगलमा डडेलो लागेका कारण हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन् । ग्रिस सरकारले स्थानीयलाई स्थानान्तरण गरेर जंगलमा लागेको आगो निभाउनका लागि सम्पूर्ण प्रयत्न जारी राखेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org