ताजा समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी, केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

पार्टीका कार्यवाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी छ ।
आगामी साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेण्डाका विषयमा छलफल हुने एक नेताले बताए । ‘साउन १७ गतेदेखि तीन दिनसम्म केन्द्रीय समिति बैठक बस्दै छ । त्यस बैठकको एजेण्डा के के बनाउने भन्ने सम्बन्धमा छलफल हुनेछ’ ती नेताले भने ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा भएकाले श्रेष्ठको अध्यक्षमा पदाधिकारी बैठक बसिरहेको हो । बैठक साउन १७ गतेदेखि तीन दिनसम्म प्रज्ञा भवनमा बस्ने तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org