ताजा समाचार

राष्ट्रपति पौडेल ललितपुरको पाटन दरबार क्षेत्र अवलोकनमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बिहानै ललितपुरको पाटन दरबार क्षेत्र अवलोकनमा पुगेका छन् ।दरबार क्षेत्र पुगेका राष्ट्रपति पौडेलले कृष्ण मन्दिरको दर्शन र पाटन दरबार संग्रहालयको अवलोकन गरेको राष्ट्रपतिको कार्यालयका पदाधिकारीले सञ्चारमाध्यमलाई जनाएका छन् ।

राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको अवलोकन ‍गरे । साथै पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रबारे जानकारी गराएका थिए।

पाटन दरबार क्षेत्रमा सिमसिम पानी पर्दा राष्ट्रपति पौडेलले छाता ओढेर दरबार क्षेत्रको अवलोकन गरेका छन्। राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पाटन दरबार क्षेत्रमा स्वागत गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org