गायक तथा सङ्गीतकार योगेश्वर अमात्य
काठमाडौँ । गायक तथा सङ्गीतकार योगेश्वर अमात्यले १ सय ८ तोला सुन दान गरेका छन् ।
ललितपुर बुङमतीको कार्यविनायक मन्दिरको सुनको छाना र गजुरका लागि उनले सहयोग गरेका हुन् ।
योगेश्वरले मन्दिरका लागि १ सय ८ तोला सुन दान गरेको मन्दिरका पुजारी सङ्घका अध्यक्ष आशाकाजी तुलाधरले बताए । ‘योगेश्वरले दिएको सहयोगबाट मन्दिरको छाना र गजुरमा सुनको जलप गरिएको छ’ उनले भने ।
योगेश्वरले सिधै सुन भन्दा पनि १ सय ८ तोला सुन बराबरको रकम सहयोग गरेका हुन् । छान र गजुरका लागि काम भएको समयको बजार मूल्यअनुसार हेर्दा उनको सहयोग १ करोड २० लाख ६१ हजार ५ सय ७७ रुपैयाँ बराबर रहेको छ ।
कार्यविनायक मन्दिरमा छाना र गजुर सुधार गर्नका लागि सार्वजनिक रुपमा सहयोगको आह्वान गरिएको थियो । उक्त आह्वान थाहा पाएपछि योगेश्वरले सहयोग गर्नु भएको अध्यक्ष तुलाधरको भनाई छ ।
छाना र गजुरका लागि योगेश्वरको सहयोगमा नेपाल राष्ट्र बैंकको टक्सारबाट सुन झिकाएर पुजारी सङ्घका पदाधिकारी, वडा कार्यालयका प्रतिनिधि, प्रहरी प्रशासन राखेर काम गरिएको छ । जुन अहिले मन्दिरमा राखी सकिएको छ । पुजारी सङ्घका अध्यक्ष तुलाधरका अनुसार मन्दिरका लागि अन्य भक्तजनले पनि सुन दान गरेका छन् । जसले गर्दा केही सुन बचेको छ । उक्त सुन मन्दिरको कोषमा राखिएको तुलाधरले बताए ।
गायक अमात्य अहिले देश बाहिर छन् । सामाजिक सञ्जालमा सुन दानको विषयमा सोध्दा उक्त सहयोग आफू र आफ्नो श्रीमतीको तर्फबाट भएको बताए ।
‘जब सन्ध्या हुन्छ’ गीत मार्फत चर्चित भएका गायक योगेश्वरका थुप्रै चर्चित गीत छन् । जसमध्ये क्या बोर भयो, लैजा चरी, लोग्ने मान्छे भएर, दसैँ नै हो कि यो मेरो दशा सबैको मुखमा झुन्डिन सफल छ ।
Comments
अरु समाचार
-
अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो
काठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आज छाडिएको छ । अभिनेता केसीलाई अहिले केही...
-
मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई
काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई...
-
पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक
काठमाडौँ । पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक भएको छ । खेल विधामा लामो समयदेखि कलम चलाउँदै आएका घिमिरेको...
-
गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक(भिडियाेसहित)
काठमाडौं । सर्जक तथा गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक भएको छ । गीत राजकुमार फिल्म युटयुब च्यानलबाट...
-
‘जवान’ले बलिउडका अहिलेसम्मका सबै व्यावसायिक रेकर्ड तोड्यो
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको पछिल्लो नयाँ फिल्म 'जवान'ले बलिउडको अहिलेसम्मको सबै व्यावसायिक रेकर्ड तोडेको छ । उनको यस...
-
डा.ओममूर्ति अनिल : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा (पुस्तक समीक्षा)
काठमाडौं । जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ धेरै...
-
क्यानडामा गुन्जँदै नेपथ्य
काठमाडौं । नेपथ्यले पहिलोपटक क्यानडाको संगीतयात्रा गर्नेभएको छ। निर्धारित तालिका अनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफूलाई क्यालगरी सहरको...
-
गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक
काठमाडौँ । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा...
-
आजदेखि बिपी साहित्य महोत्सव
काठमाडौं। नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आज (आइतबार)देखि तीन दिनसम्म बीपी...