सुनिता दुलालको तीज गीत ‘पियारी’ सार्वजनिक (भिडियोसहित)
काठमाडाैँ । गायिका सुनिता दुलालको तीज गीत ‘पियारी’ सार्वजनिक भएको छ ।
यस वर्षको तीज गीत ‘पियारी’ एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
तीज गीत ‘पियारी’ सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आफू विवाहको योजनामा रहेको उनले बताएकी हुन् । विवाहको योजनामै छु’ उनले भनिन् ‘जे होस् २०८१ सालमा विवाह गर्छु ।’
उसो त सुनिताले यसअघि पनि आफू विवाहको तयारीमा रहेको बताउँदै आएकी थिइन् ।
उनले ८ वर्षअघि पनि आफू विवाह गर्ने तयारीमा रहेको बताएकी थिइन् । ३ वर्ष अगाडि पनि उनको विवाहको खबर फैलिएको थियो । त्यसबेला उनले आफ्नो विवाहको खबरले आफै ‘छक्क’ परेको बताएकी थिइन् । यद्यपि, अहिले विवाहको लागि कुरा भइरहेको समेत खुलाउँदै आगामी वर्ष विवाह गर्ने योजना रहेको बताएकी हुन् ।
विशेष गरी तीज गीतमा सुनिताको आफ्नै पहिचान रहेको छ । ‘अब त मैले नि झुम्का लगाउँछु..’बोलको उनको तीज गीत निकै रुचाइएको थियो ।
अन्य गीतमा पनि मेहनत गर्ने भए पनि तीज गीतमा अझ मेहनत गर्ने गरेको सुनिता बताउँछिन् । उनी यसवर्ष तीज विशेष कार्यक्रमका लागि झण्डै २ महिना विदेश टुरमा जाँदैछिन् ।
विदेशमा रहेका दिदीबहिनीहरूसँग नाच्न पाउँदा आफूले सबै कुरा बिर्सिने सुनिताले बताएकी छन् ।
उनले एकल स्वरमा ल्याएको तीज गीत ‘पियारी’को भिडियोमा नीर शाहदेखि दीपाश्री निरौलासम्म प्रस्तुत छन् ।
Comments
अरु समाचार
-
अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो
काठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आज छाडिएको छ । अभिनेता केसीलाई अहिले केही...
-
मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई
काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई...
-
पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक
काठमाडौँ । पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक भएको छ । खेल विधामा लामो समयदेखि कलम चलाउँदै आएका घिमिरेको...
-
गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक(भिडियाेसहित)
काठमाडौं । सर्जक तथा गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक भएको छ । गीत राजकुमार फिल्म युटयुब च्यानलबाट...
-
‘जवान’ले बलिउडका अहिलेसम्मका सबै व्यावसायिक रेकर्ड तोड्यो
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको पछिल्लो नयाँ फिल्म 'जवान'ले बलिउडको अहिलेसम्मको सबै व्यावसायिक रेकर्ड तोडेको छ । उनको यस...
-
डा.ओममूर्ति अनिल : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा (पुस्तक समीक्षा)
काठमाडौं । जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ धेरै...
-
क्यानडामा गुन्जँदै नेपथ्य
काठमाडौं । नेपथ्यले पहिलोपटक क्यानडाको संगीतयात्रा गर्नेभएको छ। निर्धारित तालिका अनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफूलाई क्यालगरी सहरको...
-
गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक
काठमाडौँ । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा...
-
आजदेखि बिपी साहित्य महोत्सव
काठमाडौं। नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आज (आइतबार)देखि तीन दिनसम्म बीपी...