ताजा समाचार

बाइडेनलाई फेसबुकमार्फत धम्की दिने व्यक्ति एफबीआईकाे कारबाहीमा मारिए

एजेन्सि । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सामाजिक सञ्जालमार्फत धम्की दिँदै आएका एक व्यक्ति एफबीआईको कारबाहीमा मारिएका छन् ।

बाइडेनको उटाह राज्यको भ्रमण हुनु केही घण्टाअघि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नाम गरेका ती व्यक्तिलाई उटाहस्थित उनकै घरमा गोली हानेकाे हाे ।

ती व्यक्तिलाई गिरफ्तार गर्ने क्रममा गोली चलाइएको भनिए पनि यसबारे थप विवरणहरू सार्वजनिक नभएका जनाएको छ ।

रोबर्टसनले राष्ट्रपति बाइडेनलाई लगातार धम्की दिइरहेका आराेप छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org