ताजा समाचार

भित्री बस्त्रमा २४ ताेला सुन बाेकेकी महिला पाेखराबाट पक्राउ

काठमाडाैँ ।  पाेखरामा करिब २४ ताेला सुनसहित एक महिला पक्राउ परेकी छन् ।

काठमाडाैंबाट बस चढेर पाेखरा उत्रेकी झापा बिर्तामोड नगरपालिका- १ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने  ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

उनकाे साथबाट छातीमा सेतो टेपले बेरेर भित्री बस्त्रमा लुकाएकाे अवस्थामा सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातु र औँठी बरामद भएकाे हाे । बरामद सुनकाे अन्दाजी ताैल २४ ताेला रहेकाे बताइएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org