ताजा समाचार

जनमत पार्टी सरकारमा सामेल, अनिता देवीले लिइन मन्त्री पदको शपथ

काठमाडौ । नवनियुक्त संघिय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहले शपथग्रहण गरेकी छन् ।
जनमत पार्टीका तर्फबाट मन्त्री पदमा नियुक्त भएकी साहलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराउनु भएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्र्ीय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सीना, लगायत उच्च व्यक्तित्वको उपस्थिति थियो ।

माओवादि कोटा बाट मन्त्री भएका अमनलाल मोदिलाई फिर्ता बोलाएर साहलाई संघिय मामिला तथा समान्य प्रशासन मन्त्री बनाउदै जनमत पाटीलाई पनि गठबन्धन सरकारमा सामेल गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org