ताजा समाचार

एमालेले असोज मशान्त सम्ममा सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने

काठमाडौं । नेकपा एमालेले असोज मशान्त सम्ममा सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने भएको छ ।

सोमबार नेकपा एमाले सचिवालयको बैठक बस्दै उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेकिएको छ । जस अनुसार अधिवेशन भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेश, असोज ८ र ९ गते बागमती प्रदेशको अधिवेशनको मीति तय गरिएको छ ।

भन कर्णालीमा असोज १० र ११ गते, कोशीमा असोज १२ र १३ गते, गण्डकीमा असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशमा असोज २१ र २२ गते अधिवेशनको मिति तोकिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

“असोज मशान्तभित्र सबै प्रदेश अधिवेशन सम्पन्न गर्छौ, यसले संगठनलाई मजबुत बनाउँछ ” उहाँले भन्नुभयो । प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्दा कम्तीमा एक तिहाइ युवाको सहभागिता हुने गरि पालिका स्तरबाट नै गरिने उपमहासचिव ज्ञवालीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org