ब्राजलियन फरवार्ड नेइमार साउदि प्रो लिग क्लब अलहिलाल जाने
२९ साउन, काठमाडौँ ।ब्राजलियन फरवार्ड नेइमार साउदि प्रो लिग क्लब अलहिलाल जाने भएका छन् । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेनले उनलाई ९० मिलियन युरोमा अलहिलाललाई बेच्ने सम्झौता गरेको हो ।
लोकपृय खेलाडि नेइमारले फुटबल जगतमा आफ्नो छुट्टै इतिहास खडा गरेका छन्, हाल उनि ३१ वर्षका भए अब मेडिकल र अन्य कागजी प्रक्रिया पूरा गर्न बाँकी रहेको बिबिसीले जनाएको छ ।
उनि २०१७ मा विश्वकीर्तिमानी मुल्य २२२ मिलियन युरोमा पिएसजीमा अनुबन्ध भएका थिए । पछिल्लो समयमा मुख्य प्रशिक्षक लुइस एनरिकले उनलाई आफ्नो मुख्य टिममा अटाएका थिएनन् ।
केहि समय अघि अर्का फरवार्ड केलियन एमबाप्पे र क्लब बीच पनि असमझदारी देखिन्थ्यो , पछि एमबाप्पे र पिएसजी बीचको वार्ता सकारात्म भएपछि भने नेइमारको सम्झौताको खबर आएको हो ।
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो गत जनवरीमा म्यानचेस्टर युनाइटेडबाट अलनासरमा आवद्ध भएपछि साउदीका क्लबले विश्वकै लोकपृय खेलाडिलाई अनुबन्धीत गरिसकेका छन्।
गत महिना साउदी क्लबले विश्व कीर्तिमानी २५९ मिलियन पाउन्डको प्रस्तावपछि पिएसजीले अलहिलाललाई एमबाप्पेसँग कुरा गर्न अनुमति दिएको थियो।
यो सिजनमा मात्रै करिम बेन्जेमा, एनुगोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभ्स, साडियो माने र रोबर्टो फिरमिनोजस्ता खलाडी साउदी अरब गइसकेका छन् ।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...












