ताजा समाचार

भारतीय डुरान्ड कप: त्रिभुवन आर्मी चेन्नईयन एफसीसँग ३–० ले पराजित

काठमाडौं । भारतमा भइरहेको डुरान्ड कपमा त्रिभुवन आर्मी क्लब चेन्नईयन फुटबल क्लबसँग पराजित भएको छ । सोमवार इन्दिरा गान्धी एथ्लेटिक स्टेडियममा भएको खेलमा त्रिभुवन आर्मी चेन्नईयनसँग ३–० गोलले पराजित भयो । चेन्नईयनका लागि फरुख चौधरीले २२ औँ, रहिम अलीले ४० औँ र रफेल क्रिभेलारोले ८४ औँ मिनेटमा गोल गरे ।

अब त्रिभुवन आर्मीले अन्तिम खेलमा अगस्ट २२ मा हैदराबादसँग खेल्नेछ । यसअघि अगस्ट ९ मा भएको खेलमा आर्मीले दिल्ली एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो । हरेक समूहका विजेताले नकआउट चरणमा स्थान बनाउनेछन् । छ समूह मध्येबाट उत्कृष्ट दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org