ताजा समाचार

सन्दीपको मुद्दामा आज पनि आएन फैसला

३२ साउन, काठमाडौं । नेपाली क्रिकेटका पुर्व कप्तान तथा राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज पनि फैसला नआउने भएको छ ।

आज अन्तिम सुनुवाइ भन्दै फैसला आउने अनुमान गरिएको थियो । तर, काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खविडाको इजलासले पीडित नाबालिकाकी आमाको जन्ममिति प्रमाणीकरण गराउन आदेश दिए ।

उनकी आमाको जन्ममिति दुईवटा फेला परेको भन्दै अदालतले प्रमाणीकरण गराउन आदेश दिएको हो ।

धेरैले चासोका साथ सन्दीपको  फैसला आज पनि नआएपछि आगामी अगस्ट ३० मा हुने एसिया कप क्रिकेटमा सन्दीपले खेल्न पाउने हुन् कि हैनन् भनेर आम खेलप्रेमीहरुमा अन्योलता सिर्जना  गरेको छ । लामिछानेले एक नाबालिगमाथि बलात्कार गरेको आरोपमा मुद्दा चलिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org