ताजा समाचार

नेपालीहरुको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किनसक्छः जगमान गुरुङ

काठमाडाैँ । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पु¥याउनसके र नेपालीहरुको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किनसक्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित थाइल्याण्डमा नेपालीहरुको इतिहास लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन  । उनले नेपाल र थाइल्याण्डबीच सबैकुरा समान भएको तर राजसंस्था नेपालमा नभएको बताए ।

उनले अब नेपालमा आउने राजा नेपाली माथि दण्ड बजार्ने, शासन गर्ने नभइ नेपालका विविध समुदायबीचको समन्वय कायम गराउने कार्यतत्वको रुपमा राजा आउनसक्ने उल्लेख गरे ।

उनले नेपालमा राजा आएसँगै नेपाल र थाइल्याण्ड पुनः सबै किसिमबाट समान हुने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाने गरेको बताए ।
उनले भने, ‘बौद्ध धर्म, भगवान शाक्यमुनि, राम सीता, रामायाण संस्कृति नेपालको पनि त्यही हो र थाइल्याण्डको पनि त्यही हो । थाइल्याण्डमा राजतन्त्र छ, नेपालमा राजतन्त्र छैन फरक त्यत्ति हो । तर यदी राजाले बुद्धि पु¥याउन सक्यो भने, हु इज हु भन्ने मान्छे चिन्न सक्यो भने नेपालीहरुको पनि चेत खुल्यो भने नेपालमा फेरि पनि राजतन्त्र फर्किन सक्छ । तर अब आउने राजा नेपाली माथि दण्ड बजार्ने, शासन गर्ने होइन, नेपालका विविध समुदायबीचको समन्वय कायम गराउने कार्यतत्वको रुपमा राजा आउनसक्छ । त्यसपछि फेरि थाइल्याण्ड र नेपाल बराबर हुन्छ । नेपालले मान्छे बेचेर खान्छ तर थाइल्याण्डले मान्छे बेचेर खाँदैन । खुशीयाली छ । कलियुगमा मान्छेको मासु मान्छेले खान्छ रे, पहिला दासदासी कमारा, कमारी बनाएर बेच्थे, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाएको छ । संकुचित भावना छ ।’

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री मिथिला शर्माले गीत, संगीत र भाषाको माध्यमबाट एकअर्कालाई जोडेर संसारभरका नेपालीहरुको एउटा माला बन्नुपर्ने बताइन । उनले नेपालीहरुले जहाँ गएपनि गर्वका साथ म नेपाली हुँ भन्न सक्नुपर्ने बताइन्।
उनले भनिन्, ‘गीत, संगीत र भाषाको माध्यमबाट एकअर्कालाई जोडेर सम्पूर्ण संसारभरका नेपालीहरुको एउटा माला बन्नुपर्छ । जहाँ गएपनि गर्वका साथ म नेपाली हुँ भन्न सक्नुपर्छ ।’

अभिनेत्री शर्माले नेपाली जातिलाई जोगाइराख्ने दायित्व सबै नेपालीहरुको भएको बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org