युरोपियन क्लबमा साबित्रा भण्डारीले गरिन् डेब्यू खेलमै गोल
१ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड सावित्रा भन्डारी (साम्बा)ले इजरायलको क्लब हापोएल रानानामा डेब्यू गरेकी छिन्। लामो समय देखि नेपाली राष्ट्रिय महिला फुटबल टिममा छुट्टै पहिचान बनाई सकेकि साम्बाले डेब्यू खेलमै गोल समेत गर्न सफल भएकि छन् ।
अनेथा कप अन्तर्गत बिहीबार हादेराविरुद्ध खेलमा साम्बाले क्लबका लागि डेब्यू गरेकी हुन्।
खेलमा अदी गोल्डेन र साम्बाले एक एक गोल गर्दा रानानाले २–० गोल अन्तरले होपोएल ले हादेराविरुद्ध जित निकाल्न सफल भएको हो। यससँगै साम्बा युरोपियन क्लबमा गोल गर्ने पहिलो नेपाली महिला खेलाडी समेत बनेकी छिन्।
इजरायलको महिला लिग भने अगस्ट ३१ बाट सुरू हुँदैछ। आठ टिमबीच प्रतिस्पर्धा हुने लिगमा साम्बाको टिम रानानाले अगस्ट ३१ मा इरोनी रामतसँग खेल्नेछ।
घरेलु लिगमा एपिएफबाट खेल्ने साम्बा यसअघि गोकुलम केरेलाबाट भारतीय महिला लिग खेली सकेकी छन् ।
दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक मानिने साम्बा उक्त लिगमा २९ गोल गर्दै सर्वाधिक गोलकर्ता मात्र बनिनन्, उनी आवद्ध गोकुलमले लिग नै जितेको थियो।
साम्बा गत जेठ अन्तिम साता युरोपियन महासंघमा आबद्ध भएर फुटबल खेल्ने इजरायलको शीर्ष डिभिजनको क्लब रानानामा आबद्ध भएकी थिइन्।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...












