ताजा समाचार

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठकाे नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।

सिंहदरबारमा सोमबार संसदीय सुनुवाइ समितिमा उनको संसदीिय सुनुवाइ भएको थियो। यसअघि उनीविरूद्ध परेको उजुरीका विषयमा सुनुवाइ भएको थियो। उनीविरूद्ध तीनवटा उजुरी परेका थिए। संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

सोमबार बसेको संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको हो। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएका थिए। संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गत साउन १८ गते सिफारिस गरेको थियो।

साउन २३ मा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org